Logo

प्लेनमा यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान !

यो घटना क्यानडाको वेस्टजस्ट एयरलाइन टोरन्टोबाट जमैका जान लाग्दा भएको हो । अनुसन्धानका क्रममा प्रहरीलाई ति व्यक्तिले केहि दिन अगाडि चीनको यात्रामा गएको र त्यहिँबाट कोरोना भाइरस भएको बताएका छन् । विमानमा रहेका अन्य व्यक्तिहरुले उक्त व्यक्ति प्लेनमा एक्लै हाँसेर सेल्फी खिच्ने गरेको र मलाई भाइरस छ भनेर चिच्याई रहेको विमानका अन्य यात्रीहरुले बताएका छन् ।

यो कुुरा पाइलटले सुन्ने बित्तिकै उनले विमान फर्काएका थिए । टोरन्टो पुग्ने बित्तकै ति व्यक्तिलाई पुलिसले समातेर अनुसन्धान थालेको छ । जहाजमा २ सय ४३ यात्री रहेका थिए । एयरलाइन्सले विमानमा रहेका यात्रीहरुसँग माफी मागेको छ ।

प्रतिक्रिया दिनुहोस्