Logo

टिपरको ठक्करबाट हजुरबुबा र नातिनिको मृत्यु !

विराटनगर महानगरपालिका १९ मिलनचौकमा टिपरको ठक्करबाट मंगलबार राति हजुरबुबा र नातिनीको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ ख २९१७ नंम्बरको टिफरले बिपरित दिसाबाट आउदै गरेको प्रदेश १००२ ह ८६०६ नम्बरको अटो टेम्पो लाई ठक्कर दिएकोमा अटो चालक जिल्ला मोरङ ग्रामथान २ बस्ने वर्ष ४५ को बाबुराम सरदार र निजको नातिनि वर्ष ६ की सबिता सरदारको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीेले जनाएको छ ।

मंगलबार राति साढे ९ बजे भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । मृत्युपछि टिपरमा स्थानीयले आगजनी गरेका छन।सोलुखुम्बुमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएकाे छ । थुलुङदुधकोशी गाउँपालिका-८ मासेप बस्ने ५५ बर्षीया उत्रमाया राईको भिरबाट लडेर मृत्यु भएको छ ।साेमबार दिउँसो सोही स्थानमा रहेको मुल्था भिरमा श्रीमानसंग खर काट्न जादै गरेको अवस्थामा उत्रमायाभिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सोलुबाट समेत प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्