Logo

कोरोना भाइरसको त्रास– ईपीएल क्रिकेट स्थगित !

चैत १ गतेदेखि १५ गतेसम्म आयोजना हुने भनिएको एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेट कोरोना भाइरसका कारण स्थगित भएको छ ।आयोजक एभरेष्ट प्रिमियर लिगले विहीवार(आज) पत्रकार सम्मेलन गर्दै ईपीएल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको हो । ईपीएलका लागि १२ देशका खेलाडीसँग सम्झौता भइसकेको र सात महिनायता तयारी गरिरहेको भएपनि विश्वका धेरै देशमा कोरोना फैलिएको र नेपाल पनि उच्च जोखिममा रहेका कारण कार्यक्रम स्थगित गर्न लागिएको आयोजकले जनाएको छ ।

सरकारले ठूला जमघट, भेला र कार्यक्रमहरु नगर्न आग्रह गरिरहेको सन्दर्भमा कार्यक्रम स्थगित गरिएको हो ।‘संघ, खेलाडी र सबै निकायसँग कुरा भइसकेपछि ईपीएल सार्ने योजना बनाएका हौं’आयोजकले भने,‘अर्को सूचना नआएसम्मका लागि प्रतियोगिता सारिएको हो ।’

ईपीएलमा विश्वचर्चित क्रिकेट खेलाडीहरु सहभागी हुने तय भएको थियो । क्रिस गेल, डाइन स्मिथ, हासिम अम्ला लगायतका खेलाडी ईपीएलमा सहभागी हुने भएका थिए ।

प्रतिक्रिया दिनुहोस्