Logo

प्रधानमन्त्रीको प्रत्यारोपण भएकै अस्पतालमा मिर्गौला पीडितले पोखे दुःख……(भिडियो सहित)

स्वेदशमै मिर्गौला प्रत्यारोपण सफल भएका कैंयौ उदाहरणहरु छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले पनि दोस्रो पटकको मिर्गौला प्रत्याराेपण त्रिवि शिक्षण अस्पतालमा गराउनुभयो । तर, त्यही अस्पतालमा कैंयौ मृगौला रोगी औषधि र उपचार नपाएर छटपटीमा छन् ।सरकारले मिर्गौला प्रत्यारोपण निशुल्क हुने गरी निर्देशिकै बनाएर लागु समेत गरेको भनेको छ । तर, रकम नभएका कारण उपचार नपाएकाका गुनासाहरु प्रशस्तै आउने गरेका छन् ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हिजो-आज यहाँ धेरै ‘भिआइपी’हरुको आवत-जावत बाक्लिएको छ ।

कारण, देशको प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ्यलाभमा हुनुहुन्छ । यही अस्पतालमा सामान्य नागरिक भने खर्च अभावमा प्रत्यारोपण गर्न नसक्ने अवस्थामा भौतारिरहेका छन् ।जसमध्ये पाँचथरका ३५ वर्षीय विनोद कार्की भेटिए । उनी वैदेशिक रोजगारीमा केही वर्षअघि साउदी अरब पुगेका रहेछन् । त्यहाँ दुबै मृगौला फेल भएपछि उनी स्वदेश फर्किए । लामो समयदेखि मृगौला प्रत्यारोपणको प्रतिक्षामा बसेका कार्की आर्थिक अभावका कारण विरत्तिएका छन् ।उनीसँग अस्पताललाई बुझाउनुपर्ने रकम छैन ।


११ लाख रुपैयाँ खर्च लाग्छ, अस्पतालले प्रत्यारोपणका लागि दिएको समय सकिसक्यो । तर, उही रकम नहुँदा निराश बन्नु बाहेक अर्को विकल्प छैन, उनीसँग ।त्यसैले त कार्कीकी श्रीमती सोध्छिन्– ‘सरकारको (प्रधानमन्त्री) त मृगौला प्रत्यारोपण भयो, हाम्रो चाँही कहिले ? सरकार आर्थिक सहायता गर्ने ८ रोग मध्ये मिर्गौला पनि एउटा हो । २०७४ बैशाख १ गतेबाट त त्रिवि शिक्षण अस्पताल सहित देशका ५५ अस्पतालमा निशुल्क मृगौला प्रत्यारोपण हुने घोषणा गरिएको थियो । ‘मिर्गौला प्रत्यारोपण निर्देशिका,’ २०७४ ले यो व्यवस्था गरेको हो ।

यसमा आवस्यक रकम अस्पताललाई दिने र एक(एक लाख गरी दुईपटक विरामीलाई औषधिका लागि उपलब्ध गराउने व्यवस्था छ । यही व्यवस्थाको आशामा अस्पतालको सामाजिक इकाई समक्ष निवेदन दिएका विनोदसँग कुर्नु बाहेक कुनै उपाय नै छैन ।कार्की मात्र होइन, धेरै नागरिक कार्कीकै जस्तो समस्याबाट पीडित छन् । त्यसैले सोध्छन्–प्रधानमन्त्रीज्यू, हाम्रो उपचार हुँदैन ? न्युज २४ बाट

प्रतिक्रिया दिनुहोस्