Logo

जिल्ला प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क उत्पादन थालेको

जिल्ला प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क उत्पादन थालेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसबाट प्रहरी कर्मचारीलाई जोगाउनुका साथै सचेतना फैलाउन मास्क उत्पादन सुरु गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।कार्यालयमा कार्यरत प्रत्येक प्रहरी कर्मचारीलाई मास्क वितरण गर्न लागिएको हो ।

जिल्लामा एक हजार बढी प्रहरी कर्मचारी कार्यरत रहेका छन् ।बजारमा मास्कको अभाव भएपछि प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क सिलाएर वितरण गर्न लागेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
जनताको सेवामा समर्पित प्रहरी कर्मचारीको मास्क नहुँदा कोरोना लाग्ने सम्भावना बढेको छ,’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘प्रहरीकै सुरक्षासँगै जनतामा सचेतना फैलाऊ मास्क दिन लागेका हौ ।

’ यसैगरी, प्रहरी कार्यालय झापाले जिल्लाको प्रत्येक प्रहरी कार्यालयको गेट अगाडी हात धुने व्यवस्था पनि गरिसकेको छ । कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई अनिवार्य साबुन पानीले हात धोएर मात्र प्रवेश गराउन प्रहरी कार्यालयका इन्चार्जलाई निर्देशन दिइसकेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्