Logo

गुल्मीमा डर लाग्दो दुर्घटना : चालकको मुत्यु , २ जना घाइते !

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपका चालक धुर्कोट गाउँपालिका-६ का २४ वर्षीय मनिष जिसी रहेका छन् । तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप बिहीबार दिउँसो चन्द्रकोट गाउँपालिका-८ को तुराङ्ग मजुवामा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीदवार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय शिषिर गौतम गम्भीर घाइते भएको गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । घाइते दुवै जनालाई स्थानीय मेडिकलमा समान्य उपचारपछि पाल्पा पठाइएको उनले बताए । जिप दुर्घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्