Logo

इटलीमा मृत्यु हुनेको सङ्ख्या सर्वाधिक, चीनभन्दा पनि माथि !

इटलीमा मृत्यु हुनेको सङ्ख्या ३,४०५ पुगेको अधिकारीहरूले जनाएका छन्। त्यो सङ्ख्या गत वर्ष कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको भन्दा बढी हो। चीनमा अहिलेसम्म ३,२४९ जनाको ज्यान गएको बताइएपछि तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्नहरू उठी नै रहेका छन्।

नयाँ निर्देशन

मार्च १२ तारिखदेखि इटलीमा मानिसहरूलाई बाहिर निस्कन लगाइएको प्रतिबन्ध अब मार्चको अन्त्यसम्म नै लागु गरिने भनिएको छ। लगभग पूरै इटलीका मानिसहरूलाई घरभित्रै बस्न आदेश दिइएको छ। तर त्यस्तो कदम चाल्दा पनि सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या बढि नै रहेको छ।

विश्वभरि २४०,००० भन्दा बढी व्यक्ति भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने ९,८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

चीनले बुधवार पहिलो पटक कुनै पनि नयाँ सङ्क्रमण नभेटिएको जनायो। तर बाहिरबाट चीन भित्रिने ३४ जनामा सङ्क्रमण पाइयो। चीनमा सङ्क्रमितहरूको सङ्ख्या ८१,००० रहेको छ, जुन इटलीको ४१,०३५ भन्दा धेरै बढी हो।

प्रतिक्रिया दिनुहोस्