Logo

मुक्तिनाथ मन्दिर दर्शन गर्न हिँडेका एक युवक मृत फेला

काठमाडौं – तनहुँका एक युवक मृत अवस्थामा फेला परेका छन् । मुक्तिनाथ मन्दिर दर्शन गर्न भनि हिडेका तनहु भिमाद नगरपालिका २८ बर्षीय जितबहादुर रानाभाट मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार उनी मुस्ताङको थसाङ गाउँपालिका(३ खाङ्लोमा कालीगण्डकी नदीको छेउमा मृत फेला परेका हुन् । उनी चैत ३ गते मुक्तिनाथ मन्दिर दर्शन गर्न भनि हिडेका थिए ।

प्रतिक्रिया दिनुहोस्