Logo

टंक बुढाथोकीले फिल्म बनाउँदै ! अशोक दर्जी नायक

गायक तथा सङ्गीतकार टंक बुढाथोकीले चलचित्र निर्माण गर्ने भएका छन् । टंकले नेपालको ठुलो चलचित्र तथा म्युजिक खरिद कम्पनी ओएसआर डिजिटलसँग सहकार्य गरेर चलचित्र निर्माण गर्ने तयारी गरिरहेका छन् । चलचित्र निर्माणका लागी दुई पक्षीय पहिलो भेट र प्रस्ताव गरेका छन् । बुझिए अनुसार चलचित्रको नाम टंकको लोकप्रिय गीत मन बिनाको धन ठुलो कि धन बिनाको मनबाटै राख्ने तयारी भइरहेको छ ।

बिहीबार टंकले सामाजिक सञ्जाल फेसबुकमा विशेष भेट विशेष तयारीका लागी विशेष रह्योु भन्दै ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवालसँगको भेटको तस्बिर पोस्ट गरेका छन् । उनको यस पोस्टले उनीहरूको चलचित्रको लागी गरिने सहकार्यले सकारात्मक रूप लिएको छ ।

प्रतिक्रिया दिनुहोस्