Logo

Exclusvie: भारतको बोडर छेउमा भर्खरै २३० जनाको कोरोना परीक्षण ! १३ जनामा देखियो खतरा….(भिडियो सहित)

इट्टाभट्टामा काम गर्ने कामदारहरुको सोमबार बरहथवा नगरपालिकामा स्वास्थ्य परिक्षण गरिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि काठमाण्डौ तथा चितवनको इट्टाभट्टामा काम गर्दै आएका सर्लाही बरहथवा नगरपालिका–१५ का मजदुरहरुलाई सरकारले घर पठाएपछि बरहथवा नगरपालिकाले उनीहरुको स्वास्थ्य परिक्षण गराएको हो ।

काठमाण्डौबाट १५ जना र चितवनबाट १ सय ९२ जना इट्टाभट्टामा काम गर्ने कामदार र उनका परिवारलाई सरकारले घर पठाएपछि उनीहरुको थर्मो गणले शरीरको तापक्रम जाँच (मापन) गरिएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले जानकारी दिनुभयो । बरहथवा नगरपालिका अन्तर्गत पर्ने हजरिया र पिपरा भित्ताका व्यक्तिहरु ठूलो संख्यामा काठमाण्डौ लगायत देशको विभिन्न भागको इट्टाभट्टामा काम गर्दै आएको नगरप्रमुख महतोले बताउनुभयो । अहिले कोरोनाको महामारी फैलिएकोले इट्टाभट्टाबाट आएका मजदुरहरुको स्वास्थ्य जाँच गरीएको र उनीहरु आफ्नै घरको होम क्वारेन्टाईनमा बस्ने जानकारी दिनुभयो ।

मजदुरहरुको स्वास्थ्य परिक्षण गर्ने समयमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी, मलंगवा नगरपालिकाका प्रमुख निरशल साह, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी, नेपाल प्रहरीका उपरीक्षक विश्वमणी पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक बिनोज राज श्रेष्ठ, अनुसंधानका प्रमुख दिलिप सिंह लगायत त्याहाँ पुगी उनीहरुको बारेमा जानकारी लिनुभएको थियो । मजदुरहरुको स्वास्थ्य परिक्षणमा बरहथवा नगरपालिकाको साथै सनजिवनी अस्पतालका स्वास्थ्यकर्मीहरुले सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्