Logo

यो कस्तो लिला यता बाबुको मृ’त्यु, उता छोरी जन्मिइन्, न बाबुले छोरी देख्न पाए न छोरीले बुबा देखिन् !

छोरीको जन्म भएपछि एकजनाको ज्या’न गएको छ । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–५ का अध्यक्ष लीलाराज तुम्बापोको मृ’त्यु भएको हो । रक्त क्यान्सरबाट पीडित उहाँको झापाको बिएण्डसी अस्पतालमा शुक्रबार दिउँसो उपचारको क्रममा मृ’त्यु भएको हो । उहाँलाई बिहीबार दिउँसो हेलिकप्टरबाट थप उपचारका लागि बिएण्डसी अस्पतालमा पुर्याइएको थियो । त्यसअघि उहाँलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि घर फर्काइएको थियो ।

तर, बिहीबार उहाँ अचानक बेहोस भएपछि उहाँको निधन भयो । जानकारी अनुसार शुक्रबार बिहान छोरीको पनि जन्म भएको नातामा भाउजु पर्ने इन्दिरा मेन्याङ्बो तुम्बापोले बताउनुभयो । तर, दूर्भाग्य ३० वर्षीय उहाँले न आफ्नो छोरी देख्न पाए न छोरीले पनि बुबा देख्न पा्इन् । उहाँ यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । जनबोलीमा खबर छापिएको छ

प्रतिक्रिया दिनुहोस्