Logo

ट्रम्पले कारवाहीको संकेत गरेपछि भारतले के भन्यो ?

कोरोनाभाइरस संक्रमितका लागि मलेरियाको औषधी सहयोगी मानिएको छ । संसारभरी सबैभन्दा धरै कोरोनाभाइरस संक्रमित भएको देश अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतसँग मलेरियाको औषधी अर्थात् हाइड्रोक्सीक्लोरोक्विन पठाउन आग्रह गरेका थिए ।भारतले यो औषधीको घरेलु खपत नै अत्यधिक भएको भन्दै यसको निर्यातमा रोक लगाएको छ । सोमबार ट्रम्पले भारतले औषधी नपठाए अमेरिकाले जवाफी कारवाहीसमेत गर्नसक्ने चेतावनी दिएका थिए । मंगलबार भारतीय विदेश मन्त्रालयले यसबारे बयान जारी गर्दै विवादको यो स्थितीलाई स्पष्ट पार्न प्रयास गरेका छन् ।


विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘केही मिडिया संस्थानले कोभिड–१९ सँग सम्बन्धित औषधी र फर्मास्युटिकल्सका लागि अनावश्यक विवाद निम्त्याइरहेका छन् । एक जिम्मेवार सरकार भएका कारण सुरुमा हामी हाम्रा जनताका लागि औषधीको पर्याप्त स्टक छ कि छैन, त्यो सुनिश्चितता गर्नेछौं । यसै अनुसार केही औषधीको निर्यात रोक्नका लागि अस्थायी कदम उठाइएको थियो । यसका साथै विभिन्न परिस्थितीमा सम्भावित आवश्यकताका लागि पनि विचार गरिँदै छ ।

 

आवश्यक औषधी पर्याप्त मात्रामा उपलब्ध भएको पुष्टि भएपछि यी प्रतिबन्ध पनि हटाइनेछन् । सोमबार डीजीएफटीले १४ औषधीमाथि लागेको प्रतिबन्ध हटाएको जानकारी दिएको छ । प्यारासिटामोल र हाइड्राक्लोरोक्विनलाई लाइसेन्सको श्रेणीमा राखिनेछ र यसको मागमाथि लगातार निगरानी राखिनेछ । यद्यपि, स्टक हेरेर हाम्रो कम्पनी र उनीहरुको सम्झौता अनुसार निर्यात गर्नसक्छ ।’

उनले भने, ‘कोरोनाभाइरस महामारीको गम्भीरता देखेपछि भारतले सधैं यो सुनिश्चितता गरेको छ कि अन्तर्राष्ट्रिय समुदायले बलियो एकजुटता र सहयोग देखाउन आवश्यक छ । महामारीका बेला मानवीय पाटोलाई दृष्टिगत गर्दै हाम्रो क्षमतामा निर्भर भएका आफ्ना सबै छिमेकी मुलुकमा उचित मात्रामा प्यारासिटामोल र एचसीक्यूको लाइसेन्स दिइनेछ । महामारीले सबैभन्दा बढी क्षती पुर्याएका केही देशमा पनि हामी यी आवश्यक औषधीको आपूर्ती गर्नेछौं । त्यसकारण हामी यो सम्बन्धमा कुनै प्रकारको अड्कल वा राजनीतिलाई खारेज गर्नेछौं ।’

Source: https://www.bbc.com/hindi/live/india-52194455

प्रतिक्रिया दिनुहोस्