Logo

फुटबल स्टार क्रिस्टियानो रोनाल्डो मार्मिक सन्देश !

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरस महामारी कोभिड १९ विरुद्ध लड्नका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । युभेन्ट्सबाट व्यावसायिक फुटबल खेल्ने पोर्चुगिज फरवार्डले कोभिड विरुद्ध सबै जनालाई एकजुट हुन र एकताबद्ध रहन सन्देश दिएका हुन् ।

रोनाल्डोले आफ्नो देश र आफूले लिग खेल्ने देशको झण्डासहितको मास्क लगाएर यस्तो सन्देश दिएका हुन् । ‘हाम्रो विश्व यो कठिन परिस्थितीमा रहेको बेला हामी एकजुट हुनु र एक अर्कालाई सपोर्ट गर्नु महत्वपूर्ण हुन्छ ।’ उनले ह्याजट्याग #बियोन्डदमास्क र #नेभरगिभअफ जस्ता वर्ड समेत पोस्ट रेका छन् । ‘सहयोगका लागि हामीले जे गर्न सक्छौँ सबैले गरौँ ।’

युभेन्ट्स छाडेर पोर्चुगल फर्केका रोनाल्डो अहिले आफ्नै देशमा लकडाउनमा छन् । कोरोनाको कारण अहिले विश्व खेलकुद नै ठप्प छ । र अब कहिले फेरि फुटबल सुरु होला भनेर सबै पर्खिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्