Logo

काेभिड १९ : चीनमा ९९ जना नयाँ सङ्क्रमित थपिए !

चीनमा कोरोना भाइरसका (कोभिड १९) का ९९ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो एक हप्तामा एकैदिन सङ्क्रमित भएकामध्ये यो सङ्ख्या सबैभन्दा धेरै हो । स्वास्थ्य अधिकारीहरुका अनुसार चीनमा योसँगै कोरोना भाइरसबाट ८२ हजार ५२ जना सङ्क्रमति भएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबारसम्म सङ्क्रमतिमध्ये एक हजार दुई सय ८० सङ्क्रमित बाहिरबाट आएका व्यक्ति थिए । यीमध्ये चार सय ८१ जना उपचारपछि निको भएका छन् भने सात सय ९९ जनाको उपचार भइरहेको छ । त्यस्तै ३६ जनाको अवस्था गम्भीर छ । शनिबार थपिएका ९९ सङ्क्रमितमध्ये ९७ जना बाहिरी देशबाट आएका व्यक्ति भएको अधिकारीहरुले बताएका छन् ।

चीनको वुहान शहरमा कोरोना सङ्क्रमणको सङ्ख्यामा कमी आउन थालेपछि लकडाउन हटाइएको थियो । तर अहिले सङ्क्रमितको सङ्ख्या लगातार थपिइरहँदा चिनियाँ अधिकारीहरु चिन्तित भएका छन् । शनिबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङ्गले कोरोनाको सङ्क्रमण रोक्न समूहमा भेला नहुन र बच्ने उपाय अपनाउन अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्