Logo

खुसीको खबर: आज मोरङमा उपचार गराइरहेका कोरोना संक्रमित ८ जना डिस्चार्ज हुँदै

विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रमा उपचार गर्राईरहेका २५ जना कोरोना संक्रमितहरुमध्ये ८ जना डिस्चार्ज हुने भएका छन् ।उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि भोलि डिस्चार्ज गरिने सामाजिक विकास मंत्रालयले जनाएको छ ।

लगातार तीन पटक गरिएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । डिस्चार्ज हुनेमा भारतिय एक जना, विराटनगरका दुई जना र उदयपुरको भुल्केका ५ जना रहेका छन् ।

उनीहरुलाई बैशाख ८, ९ र १० गते संक्रमण पाईएपछि उपचारका लागि कोरोना विशेष उपचार केन्द्रमा ल्याइएको थियो । बुधवार मात्र ६ जनालाई विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रबाट डिस्चार्ज गरिएको थियो ।-

प्रतिक्रिया दिनुहोस्