Logo

संसद प्रदिप यादवले वितरण गरेको स्वास्थ्य समाग्री लिएका मध्ये २ जना सञ्चारकर्मी पोजेटिभ

वैशाख २४ गते राहतको नाममा पर्साको विरगज घण्टाघरमा एकै ठाउमा भेला गराई स्वास्थ्य समाग्री पर्सा क्षेत्र नम्बर–१ संघीय सांसद प्रदिप यादवले वितरण गरेका थिए । विभिन्न सञ्चारगृहमा काम गर्दै आएका ५० जना सञ्चारकर्मीको लागि स्वास्थ्य समाग्री विना समाजिक दुरीको कायम गरि यादवले वितरण गरेका थिए । ती स्वास्थ्य समाग्री लिने सञ्चारकर्मी मध्ये २ जनालाई कोरोना पोजेटिभ भेटिएको छ ।

स्वास्थ्य समाग्री वितरण गर्न आएका संसद यादव सञ्चारकर्मीहरुसँग एकसाथ मिलि बसेका थिए । साथै सञ्चारकर्मीको विचमै रहेर कोरोना भाईरसबाट बच्ने बारे अवगत गराउदै थिए । कोरोना भाईरसको महामारीमा लकडाउन लगाएको बेला नै आफनो पदको गलत उपयोग गर्दै दुई बरिष्ठ सञ्चारकर्मीलाई लिएर नेपाल सरकारको नियम मिच्दै छिमेकी राष्ट्र भारतको रक्सौल पुगेका थिए ।

चौतर्फि आलोचना पछि संसद यादवले भने भारतको रक्सौलमा राखिएको नेपालीको अवस्था बुझन आफु त्याहा गएको स्पष्टोक्ति दिए । रक्सौलको क्वारेन्टाईनमा जादा पनि कुनै नियमको पालना नगरि संक्रमितको सम्र्पकमाा आएका थिए ।

संक्रमितको सम्पर्कमा आएको देखिएपछि विभिन्न सञ्चारगहले समाचार बनाए पछि संसद यादव आलोचित भएका थिए । पछि गृहमन्त्रालयले सांदस यादवलाई क्वारेन्टाइन बस्न निर्देशन दिएपछि उनि आफनै घरको क्वारेन्टाइनमा बसेका थिए । सस्तो लोकप्रियताको लागि उनि बारम्बार आलोचित हुदै आएका छन । संक्रमितको घेरामा बसेर आएका यादवले सञ्चारकर्मीको भिड नै लगाएर स्वास्थ्य समाग्री वितरण गरेकोले संक्रमित भएको हुन सक्ने नागरिक अगुवाहरु शंका गरिरहेका छन ।

अहिले यादव प्रतिनिधिसभाको बजेट अभिवेशनमा सहभागी भइरहनु भएको छ । दुई दिन अघि मात्र सञ्चारकर्मी तिवारी यादवलाई अभ्रद्र व्यवहार गरेको भन्दै सञ्चारकर्मी प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, प्रहरी उपरिक्षक गंगा पन्तसँग भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्