Logo

मोटो मानिसमा कोरोनाको उच्च जोखिम !

अहिलेसम्म मोटोपनले मुटुरोग, क्यान्सर र मधुमेह जस्ता रोगहरूको जोखिम बढाउने थाहा भएको कुरो थियो। तर प्रारम्भिक अनुसन्धानले मोटो मानिसहरूलाई कोभिड-१९ को जोखिम पनि हुनसक्ने देखाएको छ। अहिले संसारभरि प्रकोप बनेको कोरोनाभाइरस सङ्क्रमणले बढी तौल भएका मानिसहरूलाई असर गरेको देखिएको हो? कैयौँ अध्ययनको विषय बनेको यही प्रश्नको जवाफ विज्ञहरूले खोज्ने प्रयास गरिरहेका छन्।

अध्ययनले के भन्छ?

ब्रिटेनमा कोभिड-१९ का करिब १७,००० बिरामीमा गरिएको अध्ययनमा बडी मास इन्डेक्स (बीएमआई) ३० भन्दा बढी रहेकाहरूमा मोटोपना नभएहरूमा भन्दा ३३ प्रतिशत बढी मृत्युको जोखिम रहेको देखिएको छ।
न्याश्नल हेल्थ सर्भिसको अर्को अध्ययनले कोभिड-१९ बाट मोटोपना भएका मानिसको मृत्युको जोखिम अरूभन्दा दोब्बर देखाएको छ। अनुसन्धानकर्ताहरूले मोटोपनका कारण मधुमेह र मुटुरोग भएका मानिसहरूलाई समावेश गरे उक्त जोखिम झन बढी हुने बताएका छन्।

र, ब्रिटेनको सघन उपचार कक्षमा रहेका गम्भीर बिरामीको अध्ययनले तीमध्ये करिब ३४.५ प्रतिशत बढी वजन भएका र ३१.५ प्रतिशत मोटोपना भएका रहेको देखाएको छ।
बीएमआई मानिसको वजन र उचाइको अनुपात हो। यसले व्यक्तिको मोटोपना रहेको वा नरहेको देखाउँछ। वर्ल्ड ओबेसिटी फेडेरेसनले विश्वव्यापी मोटोपना दर उच्च रहेकाले कोरोनाभाइरस सङ्क्रमित हुनेमा धेरैको बीएमआई २५ भन्दा माथि हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्