Logo

सर्लाहीमा छुट्टाछुटै ठाउँको पोखरीमा डुबेर बालिका सहित २ जनाको मृत्यु

प्रदेश २ सर्लाहीको छुट्टाछुटै ठाउँको पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ। सर्लाहीको चन्द्रनगर र बरबरियामा पोखरीमा डुबेर एक युवक र बालिकाको मृत्यु भएको हो ।सर्लाहीको बसबरिया गाउँपालिका–४ गोनर्वाका वीरु पासवानकी चार वर्षकी छोरी लालमुनी पासवान रहेको प्रहरीले जनाएको छ । घरनजिकै रहेको राम जानकी मन्दिरको पोखरीमा बालिका डुबेको स्थानीयले जानकारी दिए ।

बालिकाको शव परीक्षणपश्चात परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।त्यस्तै चन्द्रनगर गाउँपालिका–६ कामद्मा पोखरी डुबेको अवस्थामा एक युवकको शव फेला परेको छ । सोही स्थानका दुलार मुखियाको पोखरीमा डुबेको अवस्थामा युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । शवको सनाखत गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्