Logo

सहकारीलाई ३ अर्ब ६० करोड ऋण, सूचना केन्द्र स्थापना गरिने

काठमाडौं । सरकारले सहकारी क्षेत्रलाई तीन अर्ब ६० करोड रुपैयाँ ऋण दिने भएको छ । बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले सहकारीहरूमा यस्तो ऋण लगानी गर्ने भएको हो ।अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै तीन अर्ब ६० करोड रुपैयाँ सहकारी क्षेत्रलाई ऋण दिने जानकारी दिए । यसरी लगानी गरिएको ऋणबाट सहकारीले बेरोजगार युवालाई स्वरोजगार बन्न लगानी गर्नु पर्ने बताए ।

अर्थमन्त्री खतिवडाले बचत तथा ऋण सहकारी सं‌स्थालाई एक अर्कामा गाभिन प्रेरित गरिनेसमेत बताए ।साथै, आगामी आर्थिक वर्षमा सहकारी कर्जा सूचना केन्द्रको स्थापना गरिने बजेट वक्तव्यका क्रममा अर्थमन्त्री खतिवडाले उल्लेख गरेका छन् ।साना उद्यमको प्रवर्द्धन तथा गरिबी निवारणमा प्रोत्साहन गरिने अर्थमन्त्री खतिवडाले बताए । सहकारी पसललाई हरेक प्रदेशमा स्थापना गरिने पनि उनले जानकारी दिए । बेरोजगार युवालाई सहकारीबाट कर्जा लिएर उद्यमशील, स्वरोजगार बन्न प्रोत्साहन गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्