Logo

पाँचसम्म पढ्ने मुलुकभरका बालबालिकाले खाजा पाउने

सरकारले कक्षा पाँचसम्म पढ्ने मुलुकभरका सबै सरकारी विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउने भएको छ। अर्थमन्त्री डा। युवराज खतिवडाले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७।७८ को वार्षिक बजेटमार्फत यस्तो घोषणा गरेका हुन्।मुलुकभरका २८ हजार सरकारी विद्यालयमा पढ्ने कक्षा पाँचसम्मका २८ लाख विद्यार्थीले यस्तो सुविधा पाउनेछन्।

दिवा खाजा कार्यक्रमका लागि ७ अर्ब ५२ करोड रुपैयाँ रकम विनियोजन गरिएको खतिवडाले बताए। सरकारले यसअघि ४३ जिल्लाका सरकारी स्कुलका कक्षा ५ सम्मका विद्यार्थीलाई मात्र दिवा खाजा दिँदै आएको थियो।४३ जिल्लाका २१ लाख बालबालिकालाई यो सुविधा दिइएको थियो। कार्यक्रम कार्यान्वयनका लागि ६ अर्ब ६२ करोड रुपैयाँ छुटयाइएको थियो। उपत्यकाका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीका लागिसमेत यो कार्यक्रम आवश्यक रहेको तर्क शिक्षा मन्त्रालयले अर्थ मन्त्रालय समक्ष गरेको थियो।अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्