Logo

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४९ पुगयो

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ८३ जना कोरोना संक्रमित थपिएका छन् ।यससँगै प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ ।
विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइतबार आएको पीसीआर रिपोर्ट अनुसार सबैभन्दा बढी सर्लाहीमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यसैगरी महोत्तरीमा ५ जना, सिराहामा २ जना, धनुषामा १ जना र रौतहटमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्