Logo

बजेटमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिँदै, आजै पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले आज जवाफ दिने कार्यक्रम छ । जवाफ दिने क्रम सकिएपछि आजै विनियोजन विधेयक पारित गर्ने कार्यसूची छ ।विनियोजन विधेयक पारित भएपछि नयाँ आर्थिक वर्ष सुरु भएलगतै अर्थात साउन १ देखि रकम खर्च गर्न सरकारलाई बाटो खुला हुने छ ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।बैठकमा सांसदहरुले पेश गरेको दुई दर्जन बढी खर्च कटौतीका प्रस्तावहरु पनि निर्णयार्थ पेश गर्ने कार्यसूची छ । मन्त्रीको जवाफ र खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेश भएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने छन् ।

यस्तै आर्थिक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्