Logo

प्रहरी मुख्यालयमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो !

प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित प्रहरीको संख्या ३१ पुगेको छ । चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा ३१ जनाको पोजेटिभ रिपोर्ट आएको प्रहरी प्रवक्ता (डिआइजी) निरज शाहीले जानकारी दिए । प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत एकजना प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।

प्रहरी प्रधान कार्यालयमा सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत प्रहरी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । स्वाव संकलन गरेर पठाइएका केही प्रहरीको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्