Logo

सुत्नु अघि भुलेर पनि नखानुहोस् यी खानेकुरा

कतिपय मानिसलाई सुत्ने बेलामा धेरै असहज महसुस गर्छन् । यसको प्रमुख कारण हो, सुत्नु अघि खाइएको खानेकुराहरु । धेरैजसो व्यक्तिहरुलाई बेलुका जंक फुड मात्रै होइन विभिन्न पोशक तत्व भएको हरियो सागशब्जी पनि खानु हुँदैन भन्ने थाहा नहुन सक्छ । सुत्नु अघि हरियो सागशब्जी खाँदा कतिपयलाई असहज महसुस गराउन सक्छ ।

सुत्नु अघि भुलेर पनि नखानुहोस् यी खानेकुरा

ब्रोकाउली र बन्दाकोबी : एक नयाँ अनुसन्धानअनुसार ब्रोकाउली र बन्दाकोबीमा भरपुर मात्रामा भिटामिन पाइन्छ । तर यसमा हुने अघुलनसिल फाइबरलाई पचाउन निकै समय लाग्ने गर्दछ र असहज महसुस हुन्छ। त्यसैले सुत्नु अघि यी शब्जी खानुहुँदैन।

चिज : चिजको सेवन रातको खानामा गर्नु हुँदैन, किनभने यसमा टायरामाइन र एमिनो एसिड पाइन्छ। यसले पेट दुख्ने र पोल्ने समस्या हुने गर्दछ।

मदिरा : हुन त मदिराको सेवनले राम्रो निन्द्रा लाग्छ भनिन्छ, तर यसले शरीरमा नकारात्मक असर गर्दछ र बिस्तारै बिस्तारै निन्द्रा नलाग्ने समस्या सुरु हुन थाल्छ।

कफी : कफी पिउनु मानिसको बानी मात्र नभई एक किसिमको नशा पनि हुन्छ । कफीमा क्याफिन नामक तत्व पाइन्छ, जसले निन्द्रमा नकारात्मक प्रभाव पर्ने गर्दछ। सुत्नु अघि कफीको सेवनले मानिसलाई धेरै बेर निन्द्रा नलाग्न सक्छ र शरीरको सिस्टम नै बिग्रिन सक्छ।

डार्क चकलेट : डार्क चकलेटमा क्याफिन र एमिनो एसिड दुवै पाइन्छ। जसले शरीरलाई निकै ऊर्जा दिने हुनाले डार्क चकलेट्को सेवन दिउँसो मात्र गरेको राम्रो हुन्छ ।

सुन्तलाको जूस : सुन्तलाको जुस शरीरका लागि निकै नै फाइदाजनक हुने गर्दछ । बिहान ब्रेकफास्टमा पिउँदा भरपुर ऊर्जा मिल्ने गर्दछ। तर सुत्नु अघि यसको सेवनले निन्द्रा नलाग्ने समस्या निम्त्याउन सक्छ।

रातो मासु : रातो मासुमा अत्यधिक प्रोटिन पाइन्छ, जुन बेलुका मानव शरीरलाई पचाउन निकै बेर लाग्छ। जसले सुत्ने बेला अप्ठ्यारो हुनुका साथै निन्द्र नलाग्ने समस्या हुन थाल्छ।

टमाटरको सस : टमाटरको सस प्रायजसो मानिसले निकै रुचाउने गर्दछन् । यसमा धेरै मात्रामा एसिडिटी भएको कारण खाएपछि कहिले काहीँ अपच हुने र छाती पोल्ने समस्या हुन सक्छ। डाइटिशियनको सल्लाहअनुसार यदि बेलुकाको खानामा टमाटरको सस सेवन गरेमा कम्तिमा तीन घण्टापछि मात्र सुत्न जाँदा राम्रो हुन्छ ।

पानी : राती अत्याधिक पानी पिउनाले पटक पटक शौचालय जानु पर्ने हुन्छ, जसले निन्द्रा खराब हुनसक्छ। त्यसैले पानी दिउँसोको समयमा पिएको राम्रो हुन्छ

प्रतिक्रिया दिनुहोस्