Logo

बलात्कारको आरोपमा युनाइटेडका युवा खेलाडी पक्राउ

म्यानचेस्टर युनाइटेडका युवा खेलाडी मेसनग्रिनवुड प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा उनीमाथि बलात्कार र हिंसाको आरोप लगाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

एक महिलाले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिर र भिडियोको बारेमा आफूहरुलाई जानकारी गराइएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ । बलात्कार र हिंसाको आशंकामा २० वर्ष आसपास उमेर भएका एकजनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनी हिरासतमा रहेको र घटनाबारे सोधपुछ र अनुसन्धान भइरहेको पनि प्रहरी जानकारी दिएको छ ।
उता, युनाइटेडले थप जानकारी प्राप्त नभएसम्म ग्रिनवुड प्रशिक्षण वा खेलमा नफर्कने जानकारी दिएको छ । क्लबले कुनै पनि प्रकारको हिंसाको भत्र्सना गर्ने बताउँदै सामाजिक सञ्जालमा लगाइएको आरोपबारे आफूहरुलाई जानकारी प्राप्त भएको तर सत्यतथ्य पत्ता नलागेसम्म थप प्रतिक्रिया नदिने जनाएको छ ।

ग्रिनवुड आफैले भने आफूमाथि लगाइएको आरोपबारे कुनै प्रतिक्रिया दिएका छन् । २० वर्षीय खेलाडीले सन् २०१९ को मार्चमा क्लबका लागि डेब्यू गरेका थिए । सन् २०२१ को फ्रेब्रुअरीमा उनले क्लबसँग चार वर्षको नयाँ करारमा हस्ताक्षर गरेका थिए । उनी युनाइटेडकै एकाडेमीबाट आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्