Logo

एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौँ , २ फाल्गुन । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक अहिले जारि छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको थियो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्