Logo

नेपाल प्रहरीका डीएसपीहरुको काज सरुवा

काठमाडौँ , २ फाल्गुन । नेपाल प्रहरीका डीएसपीहरुको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवासहित काठमाडौं उपत्यकाका सातदोबाटो र चापागाउँका प्रहरी प्रमुखको काज सरुवा गरेको हो ।

जसअनुसार दोलखामा डीएसपी गंगाप्रसाद पौडेल काज सरुवा भएका छन् भने रसुवामा डीएसपी कुलदीप चन्द गएका छन् ।
यस्तै रामेछाप डीएसपी राजकुमार थिङको काज सरुवा भएको कार्यायले जनाएको छ ।

यस्तै सातदोबाटो वृत्तमा डीएसीद्वय मदन केसी र चापागाउँ वृत्तमा द्धारिका घिमिरेलाई जिम्मेबारी दिइएको छ । यस्तै दोलखामा रहेका डीएसपी भेषराज रिजालको अपराध महाशाखा रामेछापमा रहेका नवराज ढुङगानाको प्रदेश १ प्रहरी कार्यालय र रसुवामा रहेका देवेन्द्र पाण्डेको जगेडा पुलमा सरुवा भएको छ ।  यस्तै वृत्त चापागाउँमा रहेका टेकबहादुर कार्की क्षेत्रीको पनि कार्य विभाग र वृत सातदोबाटोमा रहेका दिनेश घिमिरेको महानगरीय प्रहरी रानीपोखरीमा काज सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्