Logo

लागु औषधसहित एक जना भारतीय पक्राउ

काठमाडौँ , ३ फाल्गुन । वीरगञ्जबाट लागु औषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार जिल्ला मोतिहारी थाना रामगढवा १४ बस्ने २२ वर्षीय जगतकुमार कुशवाहा पक्राउ परेका हुन् ।

सोमबार बिहान साढे ९ बजे वीरगञ्ज महानगरपालिका वडा नं।१४ गण्डकचोकस्थित सडक खण्डमा प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ्ग टोलीले उनलाई पक्राउ गरेको थियो । शंकास्पदरूपमा पैदल हिंडिरहेका कुशवाहाले बोकेको ब्यागभित्र कालो प्लाष्टिकको झोलामा लुकाइछिपाइ ल्याएको प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट एनुर्फिन, डाइजीपाम र फेनारगन एकरएक सय एम्पुल गरी जम्मा तीन सय एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
कुशवाहाविरूद्ध लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्