Logo

खुशीको खबर विश्वकप छनोट : बलिङमा चम्किँदा नेपालको विजयी सुरुवात

काठमाडौं – ओमानमा जारी टी-२० विश्वकप ग्लाेवल क्वालिफायरअन्तर्गत नेपालले पहिलाे खेलमा विजय हासिल गरेकाे छ । नेपालले घरेलु टाेली ओमानलाई ३९ रनले पराजित गरेको हो ।

नेपालले दिएकाे १ सय १८ रनकाे लक्ष्य पछ्याएकाे ‌ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयाे ।

ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन सकेनन् । जतिन्दर सिंह ९, खवार अलि ७, कल्लिमुह ५, आएन खान ३, कप्तान जिसन मक्सुद २ रनमा आउट भए ।

नेपालका लागि कप्तान कमल सिंह ऐरी ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

आरिफ शेखले सर्वाधिक ३८ रन बनाए ।

आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन् ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन, दीपेन्द्रसिंह ऐरीले ११, लोकेश बम १६, विवेक यादवले ७ रन जोडे । कप्तान सन्दीप लामिछाने १६ रनमा अविजित रहे ।

ओमानका खवार अलीले ३ र विलाल खानले २ विकेट लिए । साथै फयाज बुट र जिसन मुक्सुदले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्