Logo

टिपर दुर्घटना हुुँदा तीन जनाको मृत्यु

काठमाडौँ , ९ फागुन । बैतडीमा टिपर दुर्घटना हुुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । स्थानीय गणेश विष्टका अनुसार मृत्यु हुनेहरु स्थानीय सिगास माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । दुर्घटनामा अरु ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

विद्यालयबाट फर्किँदा टिपर चढेका विद्यार्थीहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरी र स्थानीयले उद्दार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्