Logo

स्वर्णिम सहाराको निशुल्क उपचार , एक सय भन्दा बढिले लिए सेवा

काठमाडौँ , १० फाल्गुन । स्वर्णिम सहाराको आयोजना तथा वी.पी.नेत्र प्रतिष्ठानको प्राविधिक सहयोगमा मंगलबार सहारा हेरचाह केन्द्र, सृजनानगर भक्तपुरको विशेष सहयोग तथा समन्वयमा निसुल्क नाँक , कान , घाँटि शिविर संचालन भएको छ ।

सन्चालन गरिएको निः शुल्क आँखा तथा नाक, कान, घाँटी शिविरमा ७३ जना आँखा र ५४ जना नाक, कान, घाँटीका बिरामीहरूको परीक्षण तथा उपचार गरिएको जानकारि प्राप्त भएको छ ।
शिवीरमा उपचार हुन नसकेका ७ जना आँखा र ३ जना नाक,कान, घाँटीका बिरामीहरूलाई वी.पी. नेत्र प्रतिष्ठान लोकन्थलीमा पठाएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्