Logo

‘नेपाली पात्रो’को सीईओ बने हाम्रोपात्रोका पूर्व प्रबन्ध निर्देशक सन्तोष देवकोटा

सरोज गिरि । काठमाडौँ , १३ फागुन । गुगलको प्ले स्टोर तथा एप्पल प्रयोगकर्ताका लागि सार्वजनिक गरिएको थियो नेपाली पात्रो । नेपाली पात्रोमा हाल ९० लाख प्रयोगकर्ता रहेका छन् ।

नेपाली तथा अंग्रेजी भाषा समेत नेपालका महत्त्वपूर्ण अनलाइन समाचार स्रोत राखिएको ‘नेपाली पात्रो’ नेपालमै उत्पादित पहिलो कम्युनिटी एप भएको कम्पनीको दाबी छ । जिनियस सिस्टम्स सहसंस्थापक तथा नेपाली पात्रोका परिकल्पनाकार विरीजन महर्जनले देवकोटालाई सीईओको रुपमा स्वागत गर्न पाउँदा निकै उत्साहित रहेको बताएका छन् ।

देवकोटाले यसअघि हाम्रो पात्रोमा प्रबन्ध निर्देशकको रुपमा काम गरिसकेका बताइएको छ । नेपाली पात्रोमा मौलिक चाडपर्व, तिथिमिति, पञ्चाङ्ग, उत्सव तथा सांस्कृतिक गतिविधि समेटिएको जनाइएको छ ।

यो क्यालेण्डर बाहेक, भिडिओ, रेडियो, कुण्डली, दैनिक विदेशी मुद्राको विनिमय दर, सुन चाँदीको दैनिक दररेट, मौसम, एकाइ रूपान्तरण ९धुर, आना, बिघा र रोपनी निकाल्ने० शुभ साइत तथा मुहूर्तहरू, ज्योतिष सेवा, ब्लग, मिति परिवर्तन लगायतका सुविधाले युक्त रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्