Logo

नारायणकाजी श्रेष्ठ र विप्लवबीच भेटवार्ता

काठमाडौँ , १८ फागुन । एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तीवन पुगेका थिए । भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरु एकजुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् । उनिहरुको भेट सकारात्मक भएको श्रोतको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्