Logo

लिम्बु महिलाहरूको अवस्थाको बारेमा वृहत छलफल हुदै

काठमाडौं २० फाल्गुन – याक्थुङ युवा मञ्च काठमाडौ जिल्ला कार्यसमितिले सार्वजनिक स्थानहरुमा लिम्बू महिलाहरुको उपस्थिती र अवस्थाका बारे बहस तथा छलफल गर्ने भएको छ ।

ललितपुरको चुम्लुङहिम स्थित आगामी फाल्गुन २४ गते मंगलबार दिउसो १२ बजेबाट कार्यक्रमको आयोजना हुने याक्थुङ युवा मञ्च काठमाडौंकी जिल्ला अध्यक्ष संगीता सुहाङले जानकारि दिएकी छिन् ।

त्यस्तै, कार्यक्रममा काठमाडौमा रहेका याक्थुङ बुद्धिजीवी समाजसेवी राजनीतिकर्मी र विभिन्न संघसस्थामा आबद्ध रहने व्यक्तित्वहरुमा निमन्त्रणा गरिएको अध्यक्ष सुहाङको भनाइ छ ।

लिम्बु समुदायका महिलाहरु सार्वजनिक तथा सरकारी निकायमा कस्तो अवस्थामा छन् । उनीहरुको पहुँच र उपस्थिति भएपनि अवस्था कस्तो छ भन्ने विषयक छलफल हुने अध्यक्ष सुहाङलेबताएकी छिन्।

अध्यक्ष सुहाङका अनुसार लिम्बू समुदायका महिलाहरु कुन कुन ठाउँमा छन् । महिला भएकै कारण उहाँहरुले कुनै हिंसा पो भोग्नु परिरहेको छ की ? यदि भएको खण्डमा यस्को न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलपल गर्न लागेका हौँ ।

छलफल कार्यक्रममा बालकृष्ण माबोहाङ र अमृता थेवे वक्ताको रुपमा रहनुहुने छ भने सहजकर्ताका रुपमा अरुना लिम्बु रहेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्