Logo

कक्षा १० मा अध्ययनरत विद्यार्थीको मृत्युभयपछि लमजुङको सुन्दरबजा तनाबगर्सत निषेधाज्ञा जारि

लमजुङको सुन्दरबजार नगरपालिका सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ । मंगालवार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको हो । सुन्दरबजार–९ मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँको भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको निधन भएपछि सो क्षेत्रमा तनाव भएको हो ।

मृ तका आफन्तले विद्यालयल लापरबाही गरेको भन्दै प्रदर्शन गरेपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर निषेधाज्ञा लागू गरिएको जिल्ला प्रसासन कार्यालय लमजुङले जनाएको छ । श्रेष्ठ फ्युचर स्टार आवासीय माविको छात्रबासमा बस्दै आएका थिए । तनावपछि सुन्दरबजार–७ को पूर्व–दक्षिण पाउँदी पुल, पूर्व राइनासतर्फको मस्र्याङ्दी नदी पुल, पश्चिममा वडा नम्बर–९ को मध्य मर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रको आवास क्षेत्र अगाडिको पुल र उत्तरतर्फ सिउँडीबार चोक चार किल्ला क्षेत्रमा निषेधाज्ञा लागू भएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए। मृ तका आफन्त र प्रसासनबीच वार्ताका लागि पहल भैरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्