Logo

सिद्धबाबा कृष्णदासको करणीको मुद्दाको पेसी आज उच्च अदालतमा

काठमाडौ । आफ्नै अनुयायीलाई कर णी गरेको अभियोगमा सुनसरी जिल्ला अदालतवाट सफाइ पाएका कथित सिद्धबाबा भनिने कृष्णदास गिरीको मु द्दाको पेसी आज उच्च अदालतमा चढेको छ । महिलाले जिल्ला अदालतको आदेश चित्त नबुझे पछि उत्च अदालतमा पुगेकी हुन् । जिल्ला अदालतमा मुद्दा चलेकै अवस्थामा चलखेल गरेर थुनामुक्त भएका सुनसरीको चतराधामस्थित आश्रममा बस्दै आएका कृष्णदास गिरीविरुद्धको मुद्दाको पेसी कारणवश नहटेमा आज सुनुवाइ भएर उच्च अदालतबाट फैसला पनि हुन सक्नेछ ।

सुनसरी अदालतको आदेश चित्त नबुझेपछि महिलाले २६ चैत ०७७ मा उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएकी थिइन् । अहिले सम्म सो मुद्दाको पेशी चढ्दै आएको भएपनि वहस भएको छैन । कृष्णदासले पनि आफूमाथि झुटा मुद्दा लगाएको भन्दै उच्चमा निवेदन दर्ता गराएका छन् । उच्च अदालतले हाल दुवै मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ गर्न लागेको छ ।

कृष्णदासले आफनो पक्षमा बहस गर्न काठमाडौंबाट महँगा कानुन व्यवसायीहरूलाई झिकाउने गरेका छन् । यता पीडित महिलाको तर्फबाट स्थानीय अधिवक्ता डिल्ली दाहाल र कोषराज न्यौपाने र एकजना सरकारी वकिलले मात्र बहस गर्नेछन् । सुनसरी जिल्ला अदालतले कृष्णदासलाई सफाइ दिएको फैसला लेखनमा पनि ढिलाइ भएको थियो । फैसला लेखनमा ढिलाइ हुँदा आफूले उच्चमा १७ नम्बर गर्न नपाएको भन्दै पीडित पक्षले गुनासो गरेपछि उच्च अदालत विराटनगरले विशेष चासो दिएपछि मात्र फैसलालेखन भएपछि पीडितले मुद्दा उच्च अदालतमा दर्ता गराएकी थिइन् ।

आफ्नै अनुयायीलाई आश्रममा बोलाएर कर ण गरेको अभियोग लागेका उनी जिल्ला अदालतको फैसला पछि फेरी आश्रममा बस्दै आएका थिए । जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुन कोइरालाको इजलासले बादीको माग दाबी नपुगेको भन्दै अन्तिम फैसला गरेका थिए ।् अहिले पनि उनी चतरा धाममा बस्दै आएका छन् ।

विवादास्पद हिन्दू धर्मगुरु सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सुनसरीको बराहक्षेत्रको चतराधामस्थित आश्रममा आफ्नै साधक महिलालाई ४ कात्तिक ०७६ मा कर णी गरेको आरोप लागेको थियो । त्यस पछि उनी १२ मंसिरमा सिकिस्त बिरामीको बहाना बनाएर विराटनगरस्थित विराट अस्पतालमा भर्ना भएका थिए । सुनसरी प्रहरीले उनलाई १६ मंसिरमा पक्राउ गरी अस्पतालमै राखेर पटकपटक अदालतमा म्याद थप गराएर अपराधको अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्