Logo

नेपालले पायो भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति

काठमाडौं, २३ चैत्र । नेपालले भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री पम्फा भुसालले भारतलाई ३२५ मेगावाट बिजुली बेच्न स्विकृति नेपालले पाएको जानकारी दिएकी हुन् ।

भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न यो भन्दा पहिले स्वीकृती दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणको क्रममा बिजुली निर्यात गर्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्