Logo

बेचिन लागेका पाँच सयको उद्धार

मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाह नाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई नेपाल प्रहरीसमेतको सहयोगमा उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिएका छन।एक वर्षको अवधिमा ५२६ जनाको खोजतलास तथा उद्धारको निवेदन परेकामा २१३ जना फेला परेका छन् । साथै यो अवधिमा भारत तथा खाडी मुलुकबाट १० जनाको उद्धार गरिएको छ ।

माइती नेपालले उक्त नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरी जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकाको उद्धार, भारतलगायतका देशमा यौन एवं श्रम शोषणमा परेका महिला तथा बालबालिकाको उद्धार, आवासीय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवासमेतका सेवा प्रदान गर्दै सीपमूलक तालिमसहित परिवार र समाजमा पुनःमिलनका कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्