Logo

माधव नेपालको पार्टीलाई पोखराको साटो अर्को ठाउँ दिन तयार छौंः कांग्रेस सहमहामन्त्री

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पोखरा महानगर नेकपा (एकीकृत समाजवादी) लाई दिँदा विपक्षी दलले जित्ने अवस्था रहन सक्ने बताएका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेता यादवले भने, “गठबन्धनको उद्देश्य आफ्नो पक्षलाई जिताउने हो ।

दलीय बाँडफाँटभन्दा पनि कुन उम्मेदवारले जित्छ भन्ने आधारमा टिकट दिने हो । पोखरामा हाम्रो राम्रो संगठन छ । त्यहाँ हाम्रो जित्न सक्ने पोजिसन छ । हाम्रो सरोकार कति मात्र हो भने हामीले जसको विरुद्ध गठबन्धन गरेका छौं, त्यसले जित्ने अवस्था आउन सक्छ । एकीकृत समाजवादीलाई दिँदै नदिने भनेको होइन । माधव नेपालको उम्मदेवार जित्ने पोजिसन छ भने दिउँला । छैन भने अर्को ठाउँमा दिउँला नि ।”

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दललाई अपमान गर्न मिल्छ भन्ने प्रश्नमा यादवले भने, “शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु माधव नेपाल र प्रचण्डको महानता हो । त्यसलाई हामीले नजरअन्दाज गरेका छैनौं । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन रिक्स लिनुभयो । कम्युनिस्टको नाक बचाइदिनुभयो । उहाँले जित्न सक्ने अवस्था छ भने दिन तयार छौं । पोखराका कारण गठबन्धनको हलो अड्किँदैन । हाम्रो भनाइ के हो भने आफ्नो संगठनको मूल्यांकन गर्नुपर्यो उहाँहरुले । गठबन्धन भएर पनि जित्न सकेन भने अप्ठ्यारो पर्छ ।”

प्रतिक्रिया दिनुहोस्