Logo

अन्ततः पिडित गायिकाले नवलपुरमा पनि फेरीन बयान – पल शाहलाई ठुलो राहत !

नाबालिका गायिकाले आज पनि नवलपुर जिल्ला अदालतमा बयान फेरिकी छिन्। पल शाहले जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता गरेकी किशोरीले दुई सातापछि जिल्ला अदालत पूर्वीनवलपरासीमा शाहले बलात्कार नगरेको बताएकी छन् ।

पल शाहले आफूमाथि जबरजस्ती करणी गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको समेत दाबी गरिन् । त‍ी किशोरीले आफूले अरुको उक्साहटमा आएर शाहले बलात्कार गरेको अभियोग लगाए तापनि वास्तविकता त्यस्तो नभएको बताएकी हुन् ।

 

बुधबार साढे ४ बजे ती किशोरीको बयान सकिएपछि उनको बुबाको बयान सुरु भएको छ । अभिनेता शाहलाई तनहुबाट बुधबार पूर्वीनवलपरासीस्थित अदालतमा ल्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्