Logo

कमेडी क्लबमा बलेनलाई उडाउनु उडाए: चस्मा होइन अब काठमाडौँको मुहार फेर्छु…..(भिडियो सहित)

र्यापेर बालेन शाह सोमबार कमेडी कल्ब विथ च्यापियनको सेटका पुगेका थिए । आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्रतर्फ बाट उम्मेदवारि दर्ता गराए पछि उनि हरेक माध्यमलाई आफनो प्रचारको माध्यम बनाइरहेका छन् । हास्य कलाकारहरुको मजाकमा उनि खुलेरै हासे भने आफना कुराहरु पनि राखे । सोहि क्रममा उनले संञ्चारकर्मिहरु सँग कुरा गर्दै आफु काठमाडौंको मुहार फेर्न आतुर भएको बताएका छन् ।

मेयर भए पछि लागाइरहेको चस्मा फेर्नु हुन्छ कि हुदैन भन्ने प्रश्नमा उनले , मेरो चस्मा फेर्नु महत्वपृर्ण कुरा होइन , म काठमाडौं मुहार फेर्न आतुर छु भन्ने जवाफ दिएका थिए । उनको जवाफमा उनका समर्थकहरुले हुटिगं र तालिले समर्थन गरेका थिए । उनले आफुले मेयरमा जित्नेमा निकै विश्वस्त रहेको विश्वास पनि व्यक्त गरेका थिए । त्यस्तै आफना धोषणा पत्रहरु केही परिमार्जन गरिएको पनि खुलाएका छन् । भिडियो सहित:

 

प्रतिक्रिया दिनुहोस्