Logo

समिक्षाले सच्याइन् फेसबुक पोष्ट

गायिका समिक्षा अधिकारीले बिहीबार आफ्नो फेसबुकमा एक हरफ कविता पोस्ट गरिन् । भावुक फोटोसहित समिक्षाले शेयर गरेकी थिइन्–
‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छ,
तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’

उनले सेयर गरेको उक्त कविता केही क्षणमै भाइरल बन्यो । पछिल्लो समय जीवनको कठिन परिस्थितिबाट अगाडि बढिरहेकी गायिका समिक्षाको यो पोष्टलाई मानिसहरुले सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिकाटिप्पणी गरे । केहीले कवितालाई उनको जीवनमा घटेको पछिल्लो घटनासँग जोडेर समेत उडाउन थाले । सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भएपछि उनले आफ्नो उक्त कविता माथि शब्द, संगीतको काम हुँदै भनेर थपेर सच्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्