Logo

बालेनलाई सुनिता डंगोलको व्यंग्यः हाम्ले जितेपछि र्यापरलाई गाउन–नाच्न लगाउने हो….(भिडियो सहित)

एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ। दुवैले सूर्य चिन्हबाट चुनाव लड्नेछन्। स्थापित काठमाडौं महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल पूर्व मिस नेवा हुन्। साथै उनी एमालेका विद्यासुन्दर शाक्य काठमाडौं महानगरको मेयर हुँदा महानगरको विज्ञ टोलीमा समावेश थिइन्। यसअघि सुनिता डंगोलले काठमाडौंको मेयरमा उठ्ने भन्दै आफ्नो प्रतिवद्धता पनि सार्वजनिक गरेकी थिइन्। उनले स्वतन्त्र तर्फबाट मेयरमा लड्ने बुझिएको थियो। यद्यपी उम्मेदवारी दर्ता गराएसँगै आफूले कहिल्यै स्वतन्त्र रुपमा उम्मेदवार हुन्छु भनेर नभनेको उनले प्रतिक्रिया दिएकी छिन्।

मुख्य पार्टीमा आफूजस्तो युवाको खाँचो भएकाले आफूले विभिन्न पार्टीसँग लबिङ गर्दा एमालेले आफूलाई अवसर दिएको उनको तर्क थियो।उनका अनुसार आफूलाई उपमेयरमा एमालेले अवसर दिनु युवालाई अवसर दिनु हो। नेपालका चर्चित र्यापर तथा इन्जिनियर बालेन शाहले स्वतन्त्र तर्फबाट काठमाडौं महानगरपालिकको मेयरमा उम्मेदवारी दर्ता गराएका छन्।

उनले शनिबार मात्र निर्वाचन आयोगबाट निर्वाचन चिन्ह प्राप्त गरेका छन्। उनको चुनाव चिन्ह लौरो हो। यस क्रममा उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलले मेयरका प्रत्यासी बालेनको व्यंग्य गरेकी छिन्। उनले बहुदलीय व्यवस्थामा हरेकलाई पार्टी खोल्न छुट भएको र पार्टीबाटै चुनाव लड्नुपर्नेमा जोड दिएकी छिन्। उनी स्वतन्त्र उम्मेदवार बालेनलाई इंगित गर्दै भन्छिन्,‘हामीले चुनाव जितेपछि कलाकारहरुलाई, अहिले त कस्तो कस्तो गीत गाउने र्यापरहरुलाई नाच्न र गाउन लगाउने हो। उहाँहरुको कला प्रस्फुटन गर्ने मञ्च बनाइदिन्छौं।’

 

प्रतिक्रिया दिनुहोस्