Logo

केशव स्थापित भन्छन् बालेन शाहले मधेसी हुँ भनेर हिम्मतसाथ भन्न सक्नुपर्छ…..(भिडियो सहित)

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा उम्मेदवार रहेका केशव स्थापितले बालेन्द्र शाह (बालेन)लाई अन्तर्राष्ट्रिय ठग भएकोसमेत आरोप लगाए।काठमाडौंमा आज आयोजित पार्टी कार्यक्रममा स्थापितले यस्तो बताएका हुन् ।‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। यो त अन्तर्राष्ट्रिय ठग रहेछ,’ स्थापितले भने, ‘युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या। हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न। सुरूवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छ रु’

‘सुरूवातमै ठग। दर्तावाल ठग,’ उनले भने, ‘सबै काठमाडौंबासीलाई ढाँट्न पाइन्छ । मधेशको मान्छे मेयर आँट गरेर आउनु पर्दैन रु आँटचाहिँ केही छैन। जहिले पनि चस्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत रैनछ। फेस टु फेस बसेर कुरा गर्नुपर्‍यो नि १’ बालेनलाई काठमाडौंमा कति मानिस बस्छन् भन्नेसमेत थाहा नभएको स्थापितले दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्