Logo

५ वर्षमा के–के काम भयो ? एमालेले उत्तर दिनैपर्छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विगत ५ वर्षमा नेकपा एमाले नेतृत्वको सरकारले के–के काम गर्यो भन्ने कुराको जवाफ खोज्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौमा भएको कार्यक्रममा नेता थापाले २०७४ सालको स्थानीय र प्रदेश तथा संघीय निर्वाचनमा एमाले ठुलो पार्टी भएर सरकार बनाएपनि एमाले नेतृत्वको सरकारले के–के गर्यो ? भन्ने नै नरहेको बताए ।

मतदान गर्ने मतदाताले पनि त्यसको उत्तर खोज्नुपर्ने र एमालेले उत्तर दिनुपर्ने थापाले बताएका हुन् । ‘काठमाडौ कति सफा, सहज, के बनाउँछु भनेको थियो ? उत्तर दिनैपर्छ’ थापाले यो बहस काँग्रेसले तान्नुपर्ने बताए ।
उनले गएको पाँच वर्ष खेर गएको पनि बताए । ‘यो खेर गएको ५ वर्षको जिम्मा कसले लिने भन्ने बहस काँग्रेसका साथीहरुले तल गर्नैपर्छ । यसको जिम्मा कसै न कसैले लिनैपर्छ’, थापाको भनाइ छ ।

‘५ वर्ष काठमाडौ चलाउने जिम्मा एमालेले पाएको थियो । अहिले काठमाडौ महानगरपालिकाको चुनाव छ । यो चुनावमा एमाले मत माग्न आउँदै गर्दा मैले यो गरेँ त्यो गरे भनेर आएको छ ? ५ वर्षपछि चुनावमा आउँदै गर्दा ५ वर्षअघि मेरो पार्टीलाई जिम्मा दिएका थियो, मैले यो यो गरेँ भन्नुपर्दैन ?’, थापाले प्रश्न गरे । उनले निर्वाचन जिताउने मतदाता भगवान सरह भएको भन्दै काँग्रेसले काठमाडौमा यो यो काम गर्ने भनेर एजेण्डावाइज उम्मेदवार बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्