Logo

बालेन साह १९४० मतान्तरले अगाडि, समर्थकको नाराबाजी (भिडियो)

काठमाडौं महानगरपालिकामा चुस्त गतिमा मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको अद्यावधिक विवरणअनुसार अहिलेसम्म मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह पहिलो स्थानमा छन् । साह ३१ सय ३९ मतका साथ अग्रस्थानमा छन् ।

दोस्रोमा एमालेका केशव स्थापित छन् । उनले ११ सय ९९ मत प्राप्त गरेका छन् । सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उनले १०५७ मत प्राप्त गरेकी छिन् । काठमाडौं महानगरपालिकाको १, २, ३, ४ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ । केहिबेरमा ३१ नम्बर वडाको मतगणना गर्ने तयारी छ।

 

प्रतिक्रिया दिनुहोस्