Logo

स्थापित र सिर्जनाले प्राप्त गरेको मत जोड्दा पनि बालेनको भन्दा कम….(भिडियो सहित)

केशव स्थापित र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले प्राप्त गरेको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवार बालेन साहकोभन्दा कम रहेको छ। हालसम्मको मतगणना अनुसार बालेन साहले ६ हजार ६९२, केशव स्थापितले ३ हजार ५६२ र सिर्जना सिंहले ३ हजार १२६ मत पाएका छन्। बालेनले स्थापितले प्राप्त गरेकोभन्दा ३ हजार १३० र सिंहकोभन्दा ३ जहार ५६६ बढी मत ल्याएका छन् । सिंहको भन्दा बालेनले दुई गुना बढी मत प्राप्त गरिसकेका छन्। स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको जति पुगेको छैन । स्थापित र सिंहले प्राप्त गरेको कूल मत जोड्दा ६ हजार ६८८ हुन्छ। उक्त मत बालेनले एक्लै प्राप्त गरेकोभन्दा ४ मत कम हो।

 

प्रतिक्रिया दिनुहोस्