Logo

स्थापितकै वडामा पनि पहिलो नम्बरमै बालेन, झण्डै ६ हजारको मतान्तर….(भिडियो सहित)

काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन्। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार साँझ पौने ७ बजेसम्मको मत परिणामअनुसार थप अग्रता थप बढाएका छन्।दोस्रो स्थानमा रहेको केशव स्थापित ५ हजार ८४७ मतले पछाडि छन्।

यस्तो छ पछिल्लो मतपरिणाम

बालेन शाह (स्वतन्त्र) – १२५५३
केशव स्थापित (एमाले) – ६७०६
सिर्जना सिंह (कांग्रेस) – ५९५७

काठमाडौं महानगरपालिकामा भर्खरै वडा नम्बर २९ को मतगणना सुरू भएको छ। उक्त वडा स्थापितको हो। उक्त वडामा पनि बालेन पहिलो नम्बरमा छन्। स्थापित तेस्रो नम्बरमा छन्।

प्रतिक्रिया दिनुहोस्