Logo

मनोज कुमार आचार्यको ईश्वरपुरको मेयरमा निरन्तर अग्रता !

ईश्वरपुर नगरपालिकाको जारी मतगणना अन्तर्गत सूरुदेखि नेपाली कांग्रेसका मेयर उम्मेद्वार मनोज कुमार आचार्यले अग्रता लिईरहेका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रत्यासी मनोज कुमार देवकोटासँग मतान्तर बढाउँदै आचार्यले अग्रतालाई जारी राखेका छन् । हालसम्म गणना भएको १, २, ३, ४, ११, १३, १४ र १५ नम्बर वडाको मत परिणाम अनुसार कांग्रेसका आचार्यले ४७५३ हाँसिल गरेका छन् । निवर्तमान मेयर एमालेका प्रत्यासी देवकोटाको भने ३११२ मत मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्