Logo

आफ्नो ‘राजनीतिक गुरु’ को प्रतिनिधि बस्न ललितपुरको मतगणनास्थल पुगे बालेन !

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ललितपुर महानगरपालिकाको मत गणना स्थलमा प्रतिनिधिका रुपमा पुगेका छन् । ललितपुर महनगरपालिकाको वडा नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिक़ा रुपमा मत गणनामा सहभागी हुन साह त्यहाँ पुगेका हुन् ।

साहले काठमाडौं महानगरको मेयरमा सुरुवातदेखि नै फराकिलो मतान्तरका साथ अग्रता लिइरहेका छन् । पछिल्लो परिणाम अनुसार १६ हजार ५२ मत ल्याएका छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ३४५ मतका साथ पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्